ओलीको कटाक्ष : सबैभन्दा बढी भ्रष्टाचार गर्नेको चर्को स्वर छ
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको विरोध गर्नेहरुकै आचरणमाथि प्रश्न उठाएका छन्।
- ओलीले 'भित्रभित्र खाने' प्रवृत्तिको आलोचना गर्दै इमानदार राजनीतिक इच्छाशक्तिको आवश्यकता औंल्याए।
- उनले आन्दोलनको भावना दुरुपयोग गर्नेहरूलाई सचेत गराउँदै देशको सुधारका लागि सच्चा भावना आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा भ्रष्टाचारविरुद्ध बोल्नेहरूकै आचरणमाथि प्रश्न उठाएका छन् ।
आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले ’भित्रभित्र खाने’ प्रवृत्तिलाई कटाक्ष गर्दै वास्तविक सुधारका लागि इमानदार राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए ।
ओलीले भने, 'भ्रष्टाचारको विरोध सजिलो छ, तर अहिले सबैभन्दा बढी भ्रष्टाचार गर्नेको स्वर नै सबैभन्दा चर्को छ।’
उनले चेतावनीका स्वरमा थपे, 'एकछिन छानबिन गर्ने दिन आउँछ। अहिले चर्को स्वरले दबाउन खोजिएको हुनसक्छ, तर त्यो दिन आउँछ। आगो लुकाउन सकिन्छ, धुँवा लुकाउन सकिँदैन–त्यो त आइहाल्छ ।’
२४ गतेको घटनाबारे बोल्दै उनले जेनजीहरूले नै आगो लगाए त? भन्ने प्रश्न गरे । उनले भने,'मैले असली जेनजीलाई सोध्दा उनीहरूले भने– हामीलाई थाहा छैन, हाम्रा मागहरू हाइज्याक भए, हजुरआमालाई प्रधानमन्त्री बनाउने हाम्रो माग होइन ।’
ओलीले आन्दोलनका नाममा वास्तविक युवाहरूको भावना दुरुपयोग गर्न खोज्नेहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले भने, ’देशको सुधार र सुशासनका लागि आन्दोलनको भावना सच्चा हुनुपर्छ, दुरुपयोग होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण