युद्धविरामबारे के भन्छन् पाकिस्तान र अफगानिस्तान ?
दोहा । पाकिस्तानका विदेशमन्त्री इशाक दारले पाकिस्तान र अफगानिस्तानबिच भएको सम्झौतालाई सही दिशामा पहिलो कदम भनेका छन् ।
दोहामा जारी वार्ताको क्रममा उनले यस्तो भनेका हुन् । यस प्रक्रियामा सकारात्मक भूमिकाको लागि सामाजिक सञ्जालको एक पोस्टमा, इशाक दारले कतार र टर्कीलाई धन्यवाद पनि दिए । अफगान भूमिबाट पाकिस्तानमा निस्कने आतंकवादको खतरालाई सम्बोधन गर्न ठोस प्रक्रियाको आशा गरेको पनि उनले पोष्टमा लेखेका छन् ।
अर्को बैठकको लागि दुवै पक्षका प्रतिनिधिहरू टर्कीमा भेट्ने बताइएको छ । यो बैठक कहिले हुनेछ भनेर चाँहि दारले खुलाएनन् । अफगान तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेका छन् । दोहामा वार्तापछि पाकिस्तान र अफगानिस्तानले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको पोस्टमा उनले लेखका छन् । यसअन्तर्गत दुवै पक्ष शान्ति, पारस्परिक सम्मान र छिमेकीको रूपमा बलियो र सकारात्मक सम्बन्धको लागि प्रतिबद्ध रहेको बताइएको छ ।
कुनै पनि पक्ष अर्काेविरुद्ध शत्रुतापूर्ण कार्यमा संलग्न नहुने वा पाकिस्तान सरकारमाथि आक्रमण गर्ने कुनै पनि समूहलाई समर्थन नगर्ने भनिएको छ । दुवै पक्ष एकअर्काको सुरक्षा बल, नागरिक वा महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउनबाट टाढा रहने पनि भनिएको छ । सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दुवै पक्षको दावीहरूको समीक्षा गर्न कतार र टर्कीको मध्यस्थतामा एक संयन्त्र स्थापना गरिने पनि उनले पोस्टमा लेखेका छन् ।
यसअघि, कतारले दोहामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबिचको उच्चस्तरीय वार्ताले तत्काल प्रभावले युद्धविराम लागु गर्ने सहमति भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण