सीडीओलाई गृहसचिवको ११ शीर्षकमा ७ पेजको निर्देशन (सर्कुलरसहित)
सारांश
- गृहसचिव रामेश्वर दंगालले ७७ वटै सीडीओलाई ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिए।
- निर्देशनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, र सार्वजनिक सेवा प्रवाहमा ध्यान दिन भनिएको छ।
- निर्देशनमा सरकारप्रतिको नागरिकको विश्वास बढाउन सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
काठमाडौँ । गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् ।
सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगताका साथ सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवं अभिवृद्धि गराउन भन्दै निर्देशन दिएका हुन् ।
सचिव दंगालले शान्ति सुरक्षा शीर्षकमा ९ बुँदामा, अपराध नियन्त्रण शीर्षकमा ३ बुँदामा, निर्वाचन सम्बन्धमा ५ बुँदामा निर्देशन दिएका छन् ।
त्यस्तै सुशासन र प्रभावकारी सेवा प्रवाह शीर्षकमा १० बुँदामा, विकास व्यवस्थापन सम्बन्धमा एक बुँदामा र कारागार प्रशासन शीर्षकमा ३ बुँदामा, विपद् व्यवस्थापन शीर्षकमा ३ बुँदामा निर्देशन दिएका छन् ।
त्यस्तै आपूर्ति व्यवस्थापन सन्दर्भमा ३२ बुँदामा, अनुगमन निरीक्षक सम्बन्धमा ७ बुँदामा, कार्यक्रममा सहभागिता एवं व्यवस्थापन सन्दर्भमा १० बुँदामा र विविध शीर्षकमा ८ बुँदामा निर्देशन दिएका छन् ।
सचिवस्तरीय निर्णयको निर्देशन उपसचिव रविन्द्र आचार्यले सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण