आगामी निर्वाचनका लागि सुदूरपश्चिममा एकीकृत सुरक्षा रणनीति तयार
कैलाली । सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नागरिकमा सुरक्षाको प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैठकले एकीकृत सुरक्षा रणनीति तयार गरी आम नागरिकमा सुरक्षाको प्रत्याभूत हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
धनगढीस्थित प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा आइतबार बसेको बैठकले दीपावली तथा छठ पर्वको समयमा सुदूरपश्चिमबाट भारत जाने नाकाहरूबाट आवागमन गर्ने नागरिकको आवागमनलाई सहज बनाउन र नाकामा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायले एकीकृत जाँचको व्यवस्था मिलाउने, लागूऔषधको बिक्री–वितरण ओसारपसारका गतिविधिहरू नियन्त्रण र नियमन गर्न सरोकारवालाहरूले संयुक्त रणनीति तयार गरी कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै चाडपर्वका समयमा बजारमा हुनसक्ने मूल्य वृद्धि, अखाद्य वस्तुको मिसावट जस्ता अस्वाभाविक गतिविधिको नियमन गरी नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिने, सार्वजनिक सेवा प्रवाहलाई सरल सहज र जनआकाङ्क्षाअनुरूप बनाउन तथा सुशासन कायम गर्नका लागि सबै सार्वजनिक निकायले सेवाको सबलीकरण एवं संस्थागत सुदृढीकरण गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ ।
बैठकमा मुख्यमन्त्री शाह, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, चार वटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखहरू, कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण