विपिनको शव काठमाडौँमा ल्याइँदै, प्रधानमन्त्रीले श्रद्धाञ्जली दिने
सोमबार, ०३ कात्तिक २०८२, ०९ : ४७
१
सारांश
- इजरायलमा हमासको आक्रमणमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज काठमाडौं ल्याइँदैछ।
- प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमा श्रद्धाञ्जली दिने र शवलाई धनगढी हुँदै महेन्द्रनगर लगिनेछ।
- गत वर्ष ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज सोमबार काठमाडौँ ल्याइँदैछ। दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ।
जोशीको शव काठमाडौँ आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै पुगेर श्रद्धाञ्जली दिने भएकी छन्। विमानस्थलमा श्रद्धाञ्जलीपछि शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ।
गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आकस्मिक आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सोही आक्रमणपछि हमासको कब्जामा परेका विपिन जोशीको पनि निधन भएको पुष्टि भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण