फिल्म ‘सोल्टिनी’ सेन्सर पास
सारांश
- भाइटिकाबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सोल्टिनी' सेन्सर पास भएको छ र प्रदर्शनको अनुमति पाएको छ।
- अर्जुन सुवेदीको निर्देशन रहेको फिल्म 'सोल्टिनी' अन्तरजातीय प्रेम कथामा आधारित छ, जसले सामाजिक विभेदलाई चित्रण गर्छ।
- फिल्मको प्रचारका लागि कलाकारहरू देशका विभिन्न स्थानमा देउसी भैलो खेलिरहेका छन्, जसमा प्रकाश सपूत र परीक्षा लिम्बुको सहभागिता छ।
काठमाडौँ । भाइटिकाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’ सेन्सर पास भएको छ । फिल्मलाई चलचित्र सेन्सर बोर्डले हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाण पत्र दिँदै प्रदर्शन अनुमति दिएको हो ।
फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा विल्सनविक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारको अभिनय छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म एक अन्तरजातीय प्रेमकथामा आधारित छ । फिल्मले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ ।
निर्माण युनिट अहिले देशका विभिन्न स्थानमा देउसी भैलो खेल्दै फिल्मको प्रचार गरिरहेको छ । प्रचारमा कलाकार प्रकाश सपूत र परीक्षा लिम्बु लगायत सहभागी छन् ।
फिल्म युनिटले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्य समितिसँग मिलेर ‘देउसी भैलो’ पनि खेलेको छ । सोही टिमले मोरङ जिल्लाको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागिता जनाउँदै फिल्मको प्रचार गरेको छ ।
सोमबार (आज) सुनसरीको धरानमा देउसी भैलो आयोजना गर्ने कलाकारले मङ्गलवार पोखरा र बुधवार काठमाडौँमा पनि देउसी भैलो कार्यक्रममा गर्ने निर्देशक सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण