विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छ : शिक्षामन्त्री पुन
सारांश
- मन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताए।
- उनले विश्वविद्यालयमा राजनीति अन्त्य गर्न यस्तो व्यवस्था हटाउनुपर्ने बताएका हुन्।
- जेनजी आन्दोलनका क्रममा सीटीइभिटी परीक्षाको उत्तरपुस्तिका जलेकाले पुनः परीक्षा हुने।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।
त्यसका लागि कानुन संशोधन गर्न हाल असम्भव रहे पनि विश्वविद्यालय सुधारको कार्यक्रमलाई अघि बढाउने तयारी भएको उनले जानकारी दिए । मन्त्री पुनले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नभई बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै मन्त्री पुनले जेनजी आन्दोलनका क्रममा सीटीइभिटी अन्तर्गत भएका परीक्षाको केहि उत्तर पुस्तिका जलेकाले पुनः परीक्षा लिने निर्णय भएको जानकारी दिए । पुनः परीक्षा गर्न १ करोड ७५ लाख खर्च लाग्ने भएकाले त्यसको व्यवस्था भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण