चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण
सारांश
- चितवनका अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ।
- सङ्क्रमितमध्ये १८१ जना चितवनका र ६५ जना जिल्लाबाहिरका रहेका छन्।
- यो रोग मुसाको कानमा हुने सङ्क्रमित किर्नाले टोकेपछि सर्ने गर्दछ।
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् ।
सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन् । खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका ६१, राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।
स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले व्यक्तिलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफस भएको व्यक्तिलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने किट नियन्त्रक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण