बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

सोमबार, ०३ कात्तिक २०८२, १७ : ३३
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • वैदेशिक रोजगार व्यवसायी संघ झापाले अनारमनी प्रहरी कार्यालय पुनर्निर्माणका लागि १० लाख सहयोग गरेको छ।
  • संघका अध्यक्ष धनबहादुर पन्धाकको नेतृत्वमा फर्निचर र नगद रकम हस्तान्तरण गरिएको थियो।
  • गत भदौमा भएको आन्दोलनमा ध्वस्त भएको कार्यालय पुनर्निर्माणमा सहयोग गरिएको हो।

झापा । इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक सङ्क्षिप्त कार्यक्रमबीच सङ्घले फर्निचर र नगद रकम प्रदान गरेको हो । 

सङ्घका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष धनबहादुर पन्धाकले बताए ।

सङ्घका महासचिव निरन खत्रीले सङ्घले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय पुनर्निर्माणसँगै हालै अविरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारलाई रु एक लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पुनर्निर्माणमा खटिएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप