तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन
सारांश
- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन गरेको छ।
- कार्यालयले तीन महिनामा ६५ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो, तर ८९ प्रतिशत मात्रै संकलन भयो।
- भन्सार प्रमुखका अनुसार चाडपर्वका कारण वस्तु तथा सामानको आयात बढेकाले राजस्व संकलनमा वृद्धि भएको हो।
पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
वीरगन्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनासम्ममा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । “चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व सङ्कलनमा केही वृद्धि देखिएको छ”, उनले भने ।
कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशत अर्थात् १८ अर्ब ४४ करोड सङ्कलन भएको छ । भदौमा रु २२ अर्ब पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशत अर्थात् रु २० अर्ब ७२ करोड राजस्व सङ्कलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशत अर्थात् रु १९ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण