ला लिगा
ला लिगा: अलाभेस र भ्यालेन्सियाबिच गोलरहित बराबरी
मङ्गलबार, ०४ कात्तिक २०८२, ०२ : ५९
सारांश
- सोमबार राति भएको ला लिगा खेलमा डेपोर्टिभो अलाभेस र भ्यालेन्सियाले गोलरहित बराबरी खेले।
- अलाभेसको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि सफल भएनन्।
- खेलभर प्रतिस्पर्धा भए पनि दुवै टोलीले एक-एक अंकमा चित्त बुझाए, जसले अंक तालिकामा प्रभाव पार्यो।
काठमाडौँ । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा डेपोर्टिभो अलाभेस र भ्यालेन्सियाबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ ।
नेपाली समय अनुसार मंग्लबार अलाभेसको घरेलु मैदानमा खेलेको उक्त खेलमा दुवै टोलीले सुरुवातदेखि नै अवसर सिर्जना गर्न खोजे पनि गोल गर्न असफल भए । पहिलो हाफमा अलाभेसले बल नियन्त्रणमा राख्दै आक्रमणको प्रयास गरे पनि भ्यालेन्सियाको रक्षात्मक पंक्तिले राम्रो प्रदर्शन गर्यो ।
दोस्रो हाफमा दुवै पक्षबाट केही निर्णायक मौका बने पनि कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन । खेलभर तीव्र प्रतिस्पर्धा देखिए पनि अन्ततः दुवै टोलीले एक–एक अंकमा सन्तोष मान्नुपर्यो ।
यो नतिजासँगै अलाभेसले तालिकामा आफ्नो अङ्क सङ्ख्या ९ मा पुर्याएको छ भने भ्यालेन्सिया पनि समान अङ्कसहित मध्य तालिकामा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण