अपडेट
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
मङ्गलबार, ०४ कात्तिक २०८२, ०७ : ५६
सारांश
- चितवनमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- भरतपुर विमानस्थल नजिकै स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो।
- दुर्घटनामा स्कुटर चालक सन्दीप घिमिरे र कुशल अर्यालको मृत्यु भएको हो।
चितवन । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।
गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण