वीरगञ्जमा पालाको व्यापार बढेन
सारांश
- वीरगञ्जका एक किशोरले दीपावलीमा माटाका भाँडाकुँडा बेच्दै आएका छन्, तर व्यापार घटेको गुनासो छ।
- पहिले दैनिक ५ हजारसम्मको व्यापार हुने गरेकोमा अहिले मुस्किलले २ हजार ५०० को व्यापार भइरहेको छ।
- आधुनिकताका कारण मानिसहरूले माटाका भाँडाकुँडाको सट्टा झिलीमिली बत्तीहरू किन्ने गरेका छन्।
पर्सा । वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहेका छन् । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गरे ।
“अघिल्ला वर्षमा त दिनकै रु पाँच हजारसम्म व्यापार हुने गथ्र्यो । अहिले त मुस्किलले रु दुई हजार ५०० को व्यापार हुन पनि मुस्किल परिरहेको छ”, उनले भने, “पहिलाजस्तै दियो तथा पालाको व्यापार हुन भने छाडेको छ ।”
प्रजापतिले दसैँको टीकापछि छठसम्मको अवधिमा माटाका विभिन्न थरिका सरसामान बिक्री गर्दै आइरहेको बताए । सडकमा माटोबाट बनाइएका दियो, घैला, नदिया, खपरी, ढकनालगायत माटाका सरसामान बेचबिखन गर्दै आइरहेका छन् । त्यस्तै वीरगञ्जको घण्टाघरसँगै रहेको बिपी उद्यानको फुटपाथमा माटाका भाँडा बेच्दै आइरहेको बिर्जु पडित प्रजापतिले पनि यस वर्ष दीपावलीमा प्रयोग हुने पाला तथा दियोको व्यापारमा कमी आएको गुनासो गरे ।
“एक दशकदेखि माटाका विभिन्न भाँडाकुँडा बेचबिखन गर्दै आइरहेको छु”, उनले भने, “अहिलेका मान्छेहरू झलर तथा झिलीमिली बत्ती किन्ने भएकाले पनि माटाका भाँडाकुँडामा खासै ध्यान दिँदैनन् ।” वीरगञ्ज १२ मुर्लीका चन्द्र हजारा ठाकुर तिहारमा आवश्यक पर्ने विभिन्न माटाका दियो तथा अन्य सरसामान किन्ने गरेको बताए । “दीपावली र छठमा माटाका भाँडाकुँडा वर्षाँैदेखि किन्दै आइरहेका छौँ”, उनले भने, “पछिल्लो समय मान्छे आधुनिक भएसँगै माटाका दियो, पाला लगायत सामान किन्न छाडेको देखिन्छ ।”
व्यापारीका अनुुसार साना खालका दियो १०० थानको रु एक सय ५० पर्ने गर्छ । त्यसैगरी सानो प्रकृतिको घैला ९० र ढकना पनि रु एक सयमा पाइने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण