झापा मोडेलमा देवकोटा जयन्ती
झापा । लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीका अवसरमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वतन्त्र साहित्यिक समूहद्वारा आयोजित सो कार्यक्रममा स्थानीय क्षेत्रका शैक्षिक क्षेत्रका अगुवाहरू,मानवअधिकारकर्मी, पत्रकारहरू साथै साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
साहित्यकार युवराज नयाँघरे प्रमुख अतिथि रहेकाे कार्यक्रममा उपस्थित राष्ट्रिय मानवअधिकार संगठनका केन्द्रीय उपाध्यक्ष डा.कमल सुवेदीले लक्ष्मीप्रसाद देवकोटालाई मानवतावादी दृष्टिकोणबाट हेर्न र आजको समाजले बुझ्न आवश्यक रहेको बताए ।
त्यस्तै दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरीले लक्ष्मीप्रसाद देवकोटाको शिक्षाप्रतिको समर्पणलाई आजको पुस्ता र राज्यले बुझ्न आवश्यक रहेको कुरा बताए ।
पत्रकार गन्जबहादुर दाहालले समाजमा भाषा साहित्य कला संस्कृतिको महत्त्व बुझ्न आवश्यक रहेको कुरा बताए । साहित्यकार धनकुटे कान्छाले देवकोटा नेपाली भाषा,साहित्यका मात्र उपासक नभएर समाजको चरित्र निर्माणका आधारशिला भएकाले औपचारिकताका लागि नभएर व्यवहारमा उनलाई सम्झन आवश्यक रहेको कुरा बताए ।
'हिजो मदन लासा जान्थ्यो भने अहिले अरबतिर गइरहेछ। हामी देवकोटा को समाजभन्दा पर पुग्न सकिरहेका छैनौँ,' धनकुटे कान्छाले भने ।
कार्यक्रमका प्रमुख अतिथि नयाँघरेले देवकोटाका कृतित्व र व्यक्तित्वमाथि चर्चा गर्दै आजको समाजले लक्ष्मीप्रसाद देवकोटालाई भाषा, साहित्य, कला संस्कृतिको महत्त्व मात्र नभई समग्र सामाजिक चरित्रका लागि समेत समाज र सरकारले देवकोटाको महत्त्व बुझ्न आवश्यक रहेको बताए ।
कवि दिलीपराज सागर, रोजित बस्नेत लगायतका कविले कविता सुनाउनु भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रम झापा मोडल अंग्रेजी विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण