स्कुलको पैसा तिर्न भ्वाइस आर्टिस्ट बनेका असरानी, यसरी भएका थिए चर्चित
काठमाडौँ । बलिउडका उत्कृष्ट सहायक अभिनेता असरानीको निधन भएको छ । उनी उत्कृष्ट हास्य अभिनयका लागि परिचित थिए ।
आफ्नो पाँच दशकको करियरमा उनले लगभग ३५० फिल्ममा अभिनय गरे । ‘शोले’ फिल्ममा जेलरको भूमिकाबाट उनी चर्चित भएका थिए ।
धेरै फिल्ममा उनले अभिनेताको साथीको भूमिका निर्वाह गरे । उनले आफ्नो करियरको अवधिमा लगभग छ फिल्म निर्देशन पनि गरे ।
असरानीको पूरा नाम गोवर्धन असरानी थियो । उनको जन्म १९४१ को जनवरी १ मा राजस्थानको जयपुरमा भएको थियो । उनका बुबा एक व्यापारी थिए ।
तर असरानीलाई व्यवसायमा रुचि थिएन । उनले आफ्नो प्राथमिक शिक्षा जयपुरमा पूरा गरे । आफ्नो पढाइसँगै, उनले आफूलाई जीविकोपार्जन गर्न अल इन्डिया रेडियोमा भ्वाइस–ओभर कलाकारको रूपमा काम शुरु गरे ।
पहिलो ब्रेक
पढाइ पूरा गरेपछि असरानीले १९६० देखि १९६२ सम्म साहित्य कलभाई ठक्करबाट अभिनयको अध्ययन गरे । १९६२ मा उनी काम खोज्न मुम्बई गए ।
१९६३ मा असरानीले किशोर साहू र हृषिकेश मुखर्जीलाई भेटे । यी दुईले उनलाई व्यावसायिक रूपमा अभिनय अध्ययन गर्न सल्लाह दिए ।
१९६४ मा असरानीले पुणेको फिल्म इन्स्टिच्युटमा भर्ना भए र अभिनय पढ्न थाले । असरानीलाई पहिलो पटक फिल्म ‘हरे काँच की चुडियाँ’मा ब्रेक मिल्यो, जहाँ उनले अभिनेता विश्वजितको साथीको भूमिका निभाएका थिए ।
असरानीले १९६७ मा गुजराती फिल्ममा मुख्य भूमिका निभाए । यसपछि उनले थप चार गुजराती फिल्महरूमा अभिनय पनि गरे । १९६७ देखि १९६९ सम्म उनलाई कुनै पनि हिन्दी फिल्मको प्रस्ताव आएन ।
१९६९ मा ऋषिकेश मुखर्जीले उनलाई फिल्म सत्यकाम’मा सहायक भूमिका दिए । उनले फिल्म ‘मेरे अपने’बाट पहिचान पाए । १९७१ देखि असरानीले फिल्ममा हास्य कलाकार वा अभिनेताको साथीको भूमिका निभाउन थाले ।
मुखर्जी, आत्मा राम र गुलजार जस्ता निर्देशकहरूले १९७१ देखि १९७४ सम्म धेरै फिल्महरूमा असरानीलाई कास्ट गरे । उनको कामको अत्यधिक प्रशंसा भयो । १९७० को दशकमा असरानीको सबैभन्दा ठूलो माग देखियो । उनी १९७० देखि १९७९ सम्म १०१ फिल्महरूमा देखा परे ।
‘नमक हराम’ फिल्ममा काम गरेपछि असरानी र राजेश खन्ना साथी बने । यसपछि आफ्नो लगभग हरेक फिल्ममा राजेश खन्नाले निर्माताहरूलाई असरानीलाई कास्ट गर्न भन्थे । असरानीले राजेश खन्नासँग २५ फिल्महरूमा काम गरेका छन् ।
१९७० देखि १९७९ सम्म, असरानीले ‘मेरे अपने’, ‘कोशिश’, ‘बावर्ची’, ‘अभिमान’, ‘मेहबूबा’, ‘पलकों की छांव मे’ र ‘बन्दिश’ जस्ता फिल्महरूमा सहायक भूमिका खेले ।
उनले १९७७ को फिल्म ‘चला मुरारी हिरो बनाने’मा मुख्य भूमिका निर्वाह गरेका गिए । यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो ।
असरानीले १९७० को दशकमा धेरै चलचित्रहरूमा हास्य कलाकारको भूमिका निभाए । यी चलचित्रहरूमा ‘आज की ताजा खबर’, ‘रोटी’, ‘प्रेम नगर’, ‘चुपके चुपके’, ‘छोटी सी बात’, ‘रफु चक्कर’, ‘शोले,’ ‘फकिरा’, ‘छैला बाबु,’, ‘हीरा लाल पन्नालाल’ र ‘पति पत्नी और वो’ आदि हुन् । कैयौं फिल्ममा हास्य कलाकारको भूमिका निर्वाह गरेका असरानीले ‘खून पसीना’ मा गम्भीर भूमिका पनि निर्वाह गरेका थिए ।
१९७४ मा उनले गुजराती फिल्म निर्देशन गरे, जसमा उनले आफैँले मुख्य भूमिका निभाएका थिए । सन १९८२ मा उनले गुजराती प्रोडक्सन हाउस स्थापना गरे । कम्पनीले सन १९९६ मा राम्रो नाफा कमाएको थियो ।
असरानीले २००० को दशकमा धेरै फिल्महरूमा अभिनय गरे । जसमा ‘चुप चुप के’, ‘हेराफेरी’, ‘हलचल’, ‘दिवाने हुये पागल’, ‘गरम मसाला’, ‘मालामाल वीकली’ आदि पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण