प्रधानमन्त्रीसँग संवाद गर्न १० दलका यी नेता जाँदैछन् बालुवाटार
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले १० दलका नेताहरूसँग छलफल गर्दैछिन्।
- छलफलमा राष्ट्रिय मान्यताप्राप्त दल र निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाइएको छ।
- बैठकमा विभिन्न दलका नेताहरूको उपस्थिति रहनेछ, जसमा गगन थापा, शंकर पोखरेल, पम्फा भुसाल लगायत छन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १० दलका नेतासँग छलफल गर्दैछन् । केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा १० दलका नेतालाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि बोलाइएको हो । छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुँदैछन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन् ।
प्रधनमन्त्रीको सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी हुनेछन् ।
बैठकमा पर्यवेक्षकका लागि केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण