जानकी मन्दिरलाई मनोरञ्जनको थलो बनाइएकोप्रति आपत्ति
जनकपुरधाम । मिथिलाको आस्था र संस्कृति प्रतीक जानकी मन्दिरलाई दीपावलीको रात मनोरञ्जनको थलोमा रूपान्तरण गरिएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।
धार्मिक आस्थाको केन्द्र मानिने मन्दिर परिसरभित्र सयौँ युवाहरूले पटका पड्काउँदै, आतिशबाजी गर्दै रमिता मच्चाएको दृश्यले श्रद्धालु र बुद्धिजीवी समुदायलाई स्तब्ध पारेको हो ।
स्थानीयहरूका अनुसार दीपावलीको अवसरमा मन्दिर परिसर धुँवा, आवाज र भीडले भरिएको थियो । श्रद्धाभावभन्दा बढी त्यो दृश्यले मेला–महोत्सव र खेलकुदको उन्माद झल्काएको बताइएको छ ।
धार्मिक अगुवाहरूले यसलाई पवित्र स्थलप्रतिको अपमान भन्दै कडा आलोचना गरेका छन् । हालका वर्षहरूमा जानकी मन्दिर परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेल परेड र नाचगानका नाममा शोरगुल र आतिशबाजीको प्रयोग बढ्दै गएको स्थानीयहरूको गुनासो छ ।
उनीहरूका अनुसार आस्थाको भूमिलाई मनोरञ्जनको मञ्चमा रूपान्तरण गर्ने प्रवृत्तिले मन्दिरको पवित्रता खतरामा परेको छ ।
स्थानीय बुद्धिजीवी भोगेन्द्र झाले भनेका छन्,“जानकी मन्दिर मिथिलाको हृदय हो । यहाँ पटका र खेलकुदको होहल्ला होइन, आरती, भजन र दीप–प्रज्वलनको शान्त स्वर गुन्जिनु पर्छ ।”
जनकपुरधामवासीले मन्दिर प्रशासन, स्थानीय प्रशासन र जनकपुरधाम उपमहानगरपालिकालाई धार्मिक स्थलको मर्यादा जोगाउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
उनीहरूले ध्वनि प्रदूषण, आतिशबाजी र भिड नियन्त्रणका लागि कडा नियम बनाइ उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण