बढी भाडा असुल्ने १९ वटा यात्रुवाहक सवारी कारबाहीमा
बुधबार, ०५ कात्तिक २०८२, ०७ : २२
सारांश
- ट्राफिक प्रहरीले तिहारमा बढी भाडा असुल्ने १९ वटा सवारीसाधनलाई कारबाही गरेको छ।
- उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चेकजाँचका क्रममा बढी भाडा असुलेको फेला परेको थियो।
- प्रहरीले बढी भाडा असुलेको थाहा पाएमा हटलाइन नम्बर १०३ मा जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौं । तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले १९ वटा यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ । मंगलबार चेकजाँच गर्दा धेरै भाडा असुलेको भेटिएपछि १९ वटा यात्रुका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
चाडपर्वको मौका छोपेर तोकिएको भन्दा धेरै भाडा असुलेको थाहा पाएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जानकारी गराउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । बढी भाडा असुल्ने चालकलाई यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण