नेपाली महिला फुटबल टोली भारत प्रस्थान
काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ । भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबिच प्रतिस्पर्धा हुनेछ ।
सो प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एउटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले यही कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ । त्यसैगरी कात्तिक १० गते नेपालले भारतसँग प्रतियोगिताको दोस्रो खेल खेल्नेछ । दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
उक्त प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी प्रिति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आएका थिए ।
नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ छन् । टोलीको प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण