सरकारले म विरुद्ध थप योजना बनाइरहेको आशंका छ : ओली
सारांश
- केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध योजना बनाइरहेको आशंका व्यक्त गरे।
- ओलीले गृहमन्त्रीले व्यक्तिगत दुस्मनी राखेको र जेनजी आन्दोलनमा गलत तत्वहरूले षड्यन्त्र गरेको आरोप लगाए।
- उनले जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडको निन्दा गर्दै सरकारको कारबाहीमाथि प्रश्न उठाए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन् । बुधवार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका हुन् ।
गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ्ग देखिएको उनले बताए । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमासासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे ।
त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्त्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भए पनि उनीहरूलाई सरकारले कारबाही समेत गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्त्वपूर्ण सामानहरू लुटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण