लमजुङको खोर्सानी कोशीतिर, कोशीको खोर्सानी कतातिर ?
सारांश
- गंगा रिजालले अकबरे खुर्सानीको बजार खोज्दै कोशी प्रदेशका शहरहरूमा यात्रा गरिरहेका छन्।
- उनी र उनको परिवारले सुरु गरेको अकबरे खुर्सानी खेतीमा बिउ, खडेरी, रोग र किराको समस्या भोग्नुपरेको थियो।
- अकबरे खुर्सानीको मूल्यमा बाहिरी जिल्लाबाट आउने सस्तो खुर्सानीसँग प्रतिस्पर्धा र निर्यातको बाटो नहुँदा समस्या भएको छ।
विराटनगर । लामो समयदेखि काठमाडौँमा बसिरहेका गंगा रिजाल अचेल कोशी प्रदेशका ठुला सहरमा कुदिरहेका छन् । आफूले उत्पादन गरेको अकबरेकै बजारको खोजीमा उनी विभिन्न सहर दौडिएका हुन् ।
केही दिन अगाडि विराटनगरको बजारमा भेटिएका गंगाले कुराकानी सुरु हुने बित्तिकै खोर्सानी बजारको समस्याबारे सुनाए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेका खेतबारी र पाखाहरूमा मकै, कोदो र आलु फल्थे । यद्यपि बालीनाली सधैँ बाँदरको निसानामा पर्थ्यो । यो केवल एउटा रिजाल परिवारको मात्र समस्या थिएन, पहाडी क्षेत्रका अधिकांश किसान बाँदर आतंकबाट पीडित छन् ।
बाँदरबाट जोगिने बालीको खोजीमा लागेका सोही ठाउँका रिजाल परिवारले गत वर्षदेखि रिजाल कृषि तथा पशु फर्ममार्फत् सुरु गरे अकबरे खेती । ‘अरू बालीनाली त केही नहुने भयो, बाँदरले साह्रै दुःख दियो,’ खुर्सानी खेतीका सञ्चालकमध्येका एक गंगा रिजालले भने, ‘बाँदरले नखाने के खेती हुन्छ भनेर खोज्दै जाँदा अकबरे खुर्सानी उपयुक्त लाग्यो ।’
दक्षिण कोरियामा खुर्सानी खेतीमै काम गरेका गंगाका भाइ मदन रिजालले त्यहाँको प्राविधिक ज्ञानलाई आफ्नै माटोमा प्रयोग गर्ने आँट देखाए । त्यसपछि गंगा, मदन र उनका बुवा प्रेमप्रसाद र काका खोमनाथ रिजाल मिलेर करिब २२ लाखको लगानीमा खोर्सानीको व्यावसायिक खेती सुरु गरे । सुरुको लगानी बिउ, मल, सिँचाइ, प्रविधि र कामदारको ज्यालामा खर्च भएको छ ।
_Z0F2UpZ95N.jpg)
उनीहरूले स्थानीय १५ जनालाई रोजगारी दिँदै ४५ हजार अकबरेका बिरुवा रोपे । तर, यात्रा सहज थिएन । उत्पादनको चरणसम्म पुग्न उनीहरूले अनेकौँ प्राकृतिक र प्राविधिक चुनौतीको सामना गर्नुपर्यो । पहिलो समस्या बिउकै भयो । स्थानीयस्तरमा पर्याप्त बिउ नपाएपछि उनीहरूले लमजुङबाट प्रतिकेजी करिब ६० हजार रुपैयाँ (३० हजारमा आधा केजी) पर्ने महँगो बिउ खरिद गर्नुपर्यो ।
त्यसपछि खडेरीले सतायो । बिरुवा रोप्ने बेलामा पानी नपर्दा प्रत्येक बिरुवामा कर्मचारी खटाएर पानी हाल्नुपर्ने अवस्था आयो । प्रतिकूल मौसमका बाबजुद बिरुवा हुर्काए पनि विभिन्न रोग र किराले आक्रमण गर्यो । ‘सुरुमा त प्राविधिक ज्ञानकै अभाव भयो । कसले सिकाउने, के गर्ने भन्ने थाहा थिएन,’ गंगाले अनुभव सुनाए, ‘पछि कृषि ज्ञान केन्द्रसँग समन्वय गर्यौँ । उहाँहरूले पनि फिल्ड भिजिट गरेर केही सहयोग गर्नुभयो ।’
यी सबै चुनौतीका बिच उनीहरूले रोपेका ४५ हजार बिरुवामध्ये करिब १० हजार मरे, जसले उनीहरूलाई ठुलो नोक्सानी भयो ।
सुरुवाती दिनमा प्रतिकेजी २५० रुपैयाँसम्म मूल्य पाएको अकबरेको भाउ अहिले १५० रुपैयाँभन्दा तल झरेको छ । यसको मुख्य कारण हो— बाहिरी जिल्लाबाट आउने सस्तो खुर्सानीसँगको अस्वस्थ प्रतिस्पर्धा ।
उत्पादन टिपेर राख्दा लाग्ने खुर्सानीको थुप्रोले उनीहरूको परिश्रमको सफलता देखाउँछ । अहिलेसम्म करिब ६ टन उत्पादन भइसकेको छ भने सिजनभरिमा ४० टन पुग्ने अनुमान छ । खुर्सानीका ती रासहरू उनीहरूको पसिना र लगानीको प्रमाण हुन् । यही उत्पादन बजारमा पुग्दा उनीहरूले पीडा पाए ।
सुरुवाती दिनमा प्रतिकेजी २५० रुपैयाँसम्म मूल्य पाएको अकबरेको भाउ अहिले १५० रुपैयाँभन्दा तल झरेको छ । यसको मुख्य कारण हो— बाहिरी जिल्लाबाट आउने सस्तो खुर्सानीसँगको अस्वस्थ प्रतिस्पर्धा ।
‘हामीलाई मुख्य समस्या मकवानपुरको पालुङ र लमजुङतिरबाट आउने खुर्सानीले पारेको छ,’ गंगाले भने, ‘उतातिरका किसानले सरकारी अनुदान पाएका छन् । त्यसैले उनीहरूले प्रतिकेजी १३०–१४० रुपैयाँमै पूर्वी बजारमा खुर्सानी पठाइदिन्छन् । हामीले त आफ्नै लगानीमा गरेका छौँ, उनीहरूको मूल्यमा हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौँ ।’
उनीहरूले पूर्वका ठुला बजार दमक, बिर्तामोड, धरानदेखि विराटनगरसम्म बजार खोजे । तर, पालुङको खुर्सानी बजारमा आइपुगेपछि उनीहरूको उत्पादनले उचित मूल्य पाउन सकेन । ‘उहाँहरूको खुर्सानी पूर्व आउनेबित्तिकै हाम्रो मूल्य घटाइदिनुपर्ने बाध्यता भयो,’ उनले भने ।
_wDVFa8wWRi.jpg)
स्थानीय अचार र चाउचाउ उद्योगहरूले किनिदेलान् भन्ने आशा पनि निराशामा परिणत भएको छ । उद्योगहरूले सिजनको सबैभन्दा सस्तो बेलामा, त्यो पनि उत्कृष्ट ग्रेडिङ गरिएको मालमात्रै खोज्ने भएकाले साना किसान मारमा परेका छन् । ‘उहाँहरूको खुर्सानी पूर्व आउनेबित्तिकै हाम्रो मूल्य घटाइदिनुपर्ने बाध्यता भयो,’ उनले भने ।
नेपालको अकबरे खुर्सानी भारतको दार्जिलिङ, सिक्किमजस्ता पहाडी क्षेत्रमा निकै रुचाइन्छ । तर, औपचारिक निर्यातको बाटो नहुँदा अहिले पनि पशुपतिनगरजस्ता नाकाबाट चोरी–निकासी भइरहेको छ ।
यो उद्यममा सरकारको उपस्थिति शून्यप्रायः छ । कृषि अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोगका नारा सुनिए पनि रिजाल परिवारले अहिलेसम्म कुनै पनि निकायबाट ठोस सहयोग पाएको छैन । केही दिन अगाडि मेची राजमार्ग र तमोर कोरिडोरमा खसेको पहिरोले बाटो अवरुद्ध भयो । त्यसपछि ढुवानीमा अर्को समस्या थप्यो । दसैँ–तिहारको समयमा गाडीहरूले यात्रुको सामानलाई प्राथमिकता दिँदा कृषि उत्पादन ढुवानी गर्न गाह्रो भयो । तर पनि उनीहरू आफ्नै बलबुतामा संघर्ष गरिरहेका छन् ।
पहिलो सिजनमै बजारको तीतो अनुभव सँगाले पनि रिजाल परिवार हतोत्साहित भने भएको छैन । उनीहरू अर्को सिजनमा उत्पादनको परिमाण बढाएर लागत घटाउने र बजारमा प्रतिस्पर्धा गर्ने योजनामा छन् । ‘जब हाम्रो उत्पादनको मात्रा बढ्छ, तब हामीले कम मूल्यमा पनि नाफा कमाउन सक्छौँ,’ गंगाले भने । बरु बेर्ना उत्पादन गरेर कृषकलाई पनि यो खेतीमा आकर्षित गर्ने प्रयासमा रिजाल परिवार लागेको छ ।
नेपालको अकबरे खुर्सानी भारतको दार्जिलिङ, सिक्किमजस्ता पहाडी क्षेत्रमा निकै रुचाइन्छ । तर, औपचारिक निर्यातको बाटो नहुँदा अहिले पनि पशुपतिनगरजस्ता नाकाबाट चोरी–निकासी भइरहेको छ । ‘यदि सरकारले भारतमा अकबरे निर्यात गर्ने कानुनी बाटो खोलिदिने हो भने नेपालका किसानले पर्याप्त उत्पादन गरेर राम्रो आम्दानी गर्न सक्थे,’ गंगाले भने । तर, सरकारी तहबाट यस्तो पहल नहुँदा किसानहरू आन्तरिक बजारको प्रतिस्पर्धामै रुमल्लिन बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण