शान्ति वार्ताका लागि दबाब दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध
सारांश
- अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि रुसमाथि दबाब बढाउन दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।
- राष्ट्रपति ट्रम्पले पुटिनसँगको वार्ता निष्कर्षविहीन भएको र रुस शान्ति स्थापनामा गम्भीर नभएको बताए।
- नयाँ प्रतिबन्धहरू पुटिनको युद्ध अन्त्य गर्न अस्वीकार गरेको प्रतिक्रिया स्वरूप घोषणा गरिएको हो।
वासिङ्टन डिसी । अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि मस्कोमाथि दबाब बढाउने उद्देश्यले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकओइल माथि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।
नेटो महासचिव मार्क रुटसँग शान्ति वार्ताका विषयमा छलफल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हरेक पटक भ्लादिमिर (पुटिन) सँग कुरा गर्दा राम्रो कुराकानी हुन्छ, तर त्यसले कुनै निष्कर्षमा पुर्याउँदैन।’
यो प्रतिबन्धको घोषणा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित गरेको भोलिपल्ट आएको हो। बुधबार बिहानै रुसले युक्रेनमा गरेको तीव्र गोलाबारीमा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको थियो।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ‘पुटिनको यो अर्थहीन युद्ध समाप्त गर्न अस्वीकार’ गरेका का कारण नयाँ प्रतिबन्धहरू आवश्यक परेको बताए। उनले यी तेल कम्पनीहरूले क्रेमलिनको ‘युद्ध मेसिन’ लाई आर्थिक सहयोग गरिरहेको आरोप लगाए।
रुटसँगै ओभल अफिसमा बोल्दै ट्रम्पले पुटिन शान्ति स्थापना गर्न गम्भीर नभएको भन्दै आलोचना गरे र यो प्रतिबन्धले सफलता ल्याउन मद्दत गर्ने आशा व्यक्त गरे। ट्रम्पले प्रतिबन्ध प्याकेजलाई ’जबरदस्त’ भन्दै रुस युद्ध रोक्न सहमत भएमा यी प्रतिबन्धहरू तुरुन्तै फिर्ता लिन सकिने बताए।
यस हप्ता अमेरिका र रुसका शान्ति प्रस्तावहरूबिचको मुख्य भिन्नता स्पष्ट भएको छ, जसमा मस्कोले हालको अग्रपंक्तिमा लडाइँ रोक्न अस्वीकार गर्नु प्रमुख समस्या बनेको ट्रम्पको भनाइ छ। गत हप्ता बेलायतले पनि रोजनेफ्ट र लुकओइलमाथि यस्तै प्रकृतिको प्रतिबन्ध लगाएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण