‘हियालोलो’ भन्दै सोहरैया पर्व भव्य रूपमा सम्पन्न
सारांश
- रौतहटको फतुवा बिजयपुरमा सोहरैया पर्व भव्य रूपमा मनाइयो, जसमा सयौं किसान र पशुपालकको सहभागिता रह्यो।
- पर्वमा गाई, भैँसी र गोरुलाई नुहाइधुवाई गरी सुँगुरलाई घिसार्ने परम्परा अनुसार कार्यक्रम सम्पन्न भयो।
- यस वर्षको पर्वमा दुई सयभन्दा बढी गाईभैँसीको सहभागिता र कुस्ती प्रतियोगिता समेत आयोजना गरियो।
रौतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–६, पेटभरवामा परम्परागत सोहरैया पर्व बुधबार साँझ अत्यन्तै भव्यताका साथ मनाइएको छ। परापूर्वकालदेखि पशुपालकहरूको विशेष चाडका रूपमा मनाइँदै आएको यो पर्वमा सयौँ किसान र पशुपालकहरूले ‘हियालोलो’ भन्ने आवाजसहित उत्साहपूर्वक सहभागिता जनाए।
लक्ष्मी पूजाको भोलिपल्ट मनाइने यो पर्वका लागि बिहानैदेखि पशुपालकहरूले आफ्ना गाई, भैँसी र गोरुलाई नुहाइधुवाई गरी नयाँ नथ र डोरी फेरेका थिए। दिउँसो गाउँभरिका गाई, भैँसी र पाडा जम्मा गरी पर्वको मुख्य विधि सुरु गरियो।
परम्परा अनुसार, चौरमा जम्मा भएका चौपायाहरूको बिचमा डोरीले बाँधिएको सुँगुरको बच्चालाई घिसारिन्छ। सुँगुर कराएको आवाज सुनेर गाई–भैँसीहरू डराएर दौडिन्छन्, जसलाई डाढ बोलाउने भनिन्छ। सोही क्रममा उपस्थित किसानहरू ‘हियालोलो, हियालोलो’ भन्दै खुसीयाली मनाउँछन्।
यस वर्षको सोहरैया पर्वमा पेटभरवा, टेंग्राहा, फतुवा लगायत आसपासका गाउँका दुई सयभन्दा बढी गाई–भैँसी सहभागी थिए भने हजारौँ दर्शकको उपस्थिति रहेको थियो। सो अवसरमा कुस्ती प्रतियोगिता समेत आयोजना गरिएको थियो। यो पर्वमा सहभागी गाई–भैँसीहरूमा रोग प्रतिरोधात्मक शक्ति बढ्ने जनविश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण