सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले तिहारले सामाजिक एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरे।
- उनले देउसीभैलोको रकमलाई समाजोपयोगी कार्यमा लगाउन र सुशासनलाई प्राथमिकता दिन आग्रह गरे।
- मुख्यमन्त्रीले युवा पुस्ताको विकास र संविधान कार्यान्वयनमा जोड दिए।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। तिहार-२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तिहारको मूल्य र सन्देशलाई आत्मसात् गरी समाजलाई सत्य, न्याय र सकारात्मक सोचतर्फ उन्मुख गराउन सबैलाई आग्रह गरे।
मुख्यमन्त्री आचार्यले तिहारले मानव, प्रकृति र प्राणी जगत्बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने तथा दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। देउसी–भैलोबाट सङ्कलित रकम समाजोपयोगी र रचनात्मक कार्यमा लगाउने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको भन्दै त्यसको संरक्षण गर्न सबैलाई आह्वान गरे।
शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै समाज रूपान्तरणका प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले प्रदेश सरकारले चालू खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका लागि ठोस कदम चालेको जानकारी दिए। पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा खारेजजस्ता कदमबाटै सरकार जनउत्तरदायी शासन निर्माणका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले युवा पुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको बताए। मुलुकमा देखिएका समस्याको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याए। उनले तिहार पर्वले आपसी सद्भाव बढाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको लागि शुभकामना दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण