सर्लाहीको मलङ्गवामा गर्भवती महिला अचेत अवस्थामा फेला, अस्पतालमा उपचार हुँदै
सारांश
- सर्लाहीको मलङ्गवामा एक अज्ञात गर्भवती महिला अचेत अवस्थामा फेला परेकी छिन्।
- महिला घरधनीको घरमा भाडामा बस्दै आएकी थिइन् र चम्की रोगबाट पीडित थिइन्।
- अस्पतालले महिलाको पहिचान खुलाउन आग्रह गर्दै आफन्तलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका –४ मा एक अज्ञात गर्भवती महिला अचेत अवस्थामा फेला परेकी छिन्। उनी हाल प्रादेशिक अस्पताल मलङ्गवाको स्त्रीरोग कक्ष (गाइनो वार्ड) मा उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ।
ती महिला करिब १५ दिनअघि घरधनी राजकुमार चौधरीको घरमा भाडामा बस्न आएकी थिइन्। चौधरीका अनुसार महिला गर्भवती हुनुका साथै चम्की रोगबाट पनि पीडित देखिएकी थिइन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनीहरूले नै महिलालाई अस्पताल पुर्याएका थिए।
अस्पतालका वरिष्ठ चिकित्सक डा. अविनाश सिंहका अनुसार बिरामीको कुनै ठेगाना र अभिभावक नखुलेका कारण उपचार अघि बढाउन कठिनाइ भइरहेको छ। डा. सिंहले भने, ‘नैतिक रूपमा यस्तो अवस्थामा बिरामीलाई छाड्न सकिँदैन, तर कानुनी र औपचारिक पक्षका कारण कठिनाइ भइरहेको छ।’
प्रादेशिक अस्पताल मलङ्गवाले ती महिलाको पहिचान खुलाउन आग्रह गरेको छ। उनलाई चिन्ने वा उनका आफन्तहरूलाई तत्काल अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण