९ जनरललाई निष्कासनपछि चीनको दोस्रो उच्च सैन्य अधिकारीमा झाङ नियुक्त
सारांश
- चिनियाँ कम्युनिष्ट पार्टीले नौ जना जनरललाई निष्कासन गरेपछि झाङ शेंगमीनलाई दोस्रो उच्च जनरलमा नियुक्त गर्यो।
- झाङ शेंगमीनलाई केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष नियुक्त गरियो, शी जिनपिङ पछि उनी तेस्रो सर्वोच्च अधिकारी बने।
- पार्टीले सेनाभित्र भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ र यसलाई राजनीतिक शुद्धीकरणको रूपमा पनि हेरिएको छ।
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले हालै ठूलो शुद्धीकरण अभियान चलाएर नौ जना जनरलहरूलाई निष्कासन गरेपछि, सेनाभित्र भ्रष्टाचार विरोधी प्रयासहरूको निरीक्षण गर्दै आएका अनुभवी अधिकारी झाङ शेंगमीनलाई देशको दोस्रो उच्च श्रेणीको जनरलमा नियुक्त गरेको छ।
चार दिने केन्द्रीय कमिटी बैठकको अन्त्यमा केन्द्रीय सैन्य आयोगको दोस्रो वरीयताका उपाध्यक्षको रूपमा झाङ शेंगमीनको नियुक्ति घोषणा गरिएको हो। यससँगै उनी उपाध्यक्ष र राष्ट्रपति शी जिनपिङ पछि देशको शीर्ष सैन्य निकायका तेस्रो सर्वोच्च अधिकारी बनेका छन्।
गत हप्ता चीनको रक्षा मन्त्रालयले निष्कासित गरिएका नौ जनरलहरूलाई गम्भीर आर्थिक अपराधमा संलग्न भएको आरोप लगाएको थियो। यद्यपि, विश्लेषकहरूले यसलाई राजनीतिक शुद्धीकरण को रूपमा पनि हेरेका छन्।
यो निष्कासन दशकौँपछि चिनियाँ कम्युनिष्ट पार्टीले सेनाभित्र गरेको सबैभन्दा ठूलो सार्वजनिक कारबाहीमध्ये एक हो। केन्द्रीय सैन्य आयोगले महिनौँदेखि सेनाभित्र कारबाही गर्ने संकेत दिइरहेको थियो।
गत जुलाईमा, आयोगले सेनाभित्र ‘विषाक्त प्रभाव’ हटाउने र क्याडरहरूका लागि ‘आइरन रुल’ (कडा नियम) को सूची बनाउने नयाँ दिशानिर्देशहरू जारी गरेको थियो। यसअघि पूर्व रक्षामन्त्री वेई फेंगहे र ली शाङ्फु लगायतका अन्य सैन्य अधिकारीहरूमाथि पनि सानो स्तरको कारबाही भएको थियो।
पदोन्नतिपछि ६७ वर्षीय झाङ शेंगमीन ले केन्द्रीय सैन्य आयोगमा अर्का वरिष्ठ उपाध्यक्ष झाङ यूक्सियासँगै काम गर्नेछन्। उनी जनमुक्ति सेनाको रकेट फोर्सका जनरल हुन् र आयोगको भ्रष्टाचार विरोधी शाखाको उपसचिवको रूपमा कार्यरत थिए। शाआन्सी प्रान्तका स्थायी बासिन्दा झाङ सन् १९७८ मा सेनामा भर्ना भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण