सरकार निर्वाचनको वातावरण नबनाई आयु लम्ब्याउने खेलमा छ: अध्यक्ष प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनका माग पूरा गर्न असफल भएको आरोप लगाए।
- उनले वर्तमान सरकार निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउन खोजेको आरोप लगाउँदै निर्वाचनका लागि जनदबाब दिने बताए।
- साहले जेनजी आन्दोलनका हत्याराहरूलाई कारबाही नगरेको भन्दै सरकारको आलोचना गरे।
रौतहट। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जनआन्दोलनका माग पूरा गर्न असफल भएको आरोप लगाएका छन्।
हिन्दूहरूको महान् पर्व दीपावली र छठको अवसरमा बिहीबार रौतहटको गुजरा नगरपालिका–३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका अध्यक्ष साहले सरकारले आन्दोलनको मूल उद्देश्य बिर्सिएको टिप्पणी गरे।
‘सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा बनेको छ। तर यो सरकार जेनजी आन्दोलनका माग सम्बोधन गर्न पूर्णतया असफल भएको छ,’ अध्यक्ष साहले भने, ‘जेनजीको माग केवल सरकार परिवर्तन होइन, व्यवस्था सुधार, भ्रष्टाचारी र हत्यारालाई कारबाही जस्ता मूल मुद्दा हुन्। तर सरकारले ती विषयमा कुनै चासो दिएको छैन।’
अध्यक्ष साहले वर्तमान सरकार निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको आरोपसमेत लगाए। उनले भने, ‘तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्नेछ। आवश्यक परे कान समातेर पनि निर्वाचन गराइनेछ।’
साहका अनुसार, जेनजी आन्दोलनका हत्याराहरू खुलेआम घुमिरहेका बेला सुशीला कार्की नेतृत्वको सरकार रमिते बनेको छ। उनले सरकारको निष्क्रियता प्रति तीव्र असन्तुष्टि जनाउँदै भने, ‘यो सरकार जेनजीका सहिद परिवारको भावनाप्रति पनि संवेदनशील छैन।’
नेपालका विभिन्न ऐतिहासिक आन्दोलनहरूमध्ये नयाँ पुस्ताको जेनजी आन्दोलन सत्य र न्यायका पक्षमा निर्णायक मोड ल्याउने आन्दोलन भएको साहको भनाइ छ। उनले भने,
‘देश र संसारमा लामो आन्दोलनको इतिहास छ, राणा विरुद्धको आन्दोलन, माओवादी जनआन्दोलन, मधेस आन्दोलन वर्षौँ चले। तर नेपालको दुई दिनको जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ। वर्तमान सरकारले यसलाई गम्भीर रूपमा बुझ्न आवश्यक छ।’
पूर्वमन्त्री साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई ‘इतिहासकै गल्ती’ भन्दै ओलीलाई हत्यारा र भ्रष्टाचारीको प्रतीकका रूपमा व्याख्या गरे।
साहले जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुवात र दल तन्त्र तथा लुटतन्त्र समाप्त पार्ने आन्दोलनको रूपमा चित्रित गरे। उनले तीन वर्षअघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र रूपमा जनताको मतबाट जितेको प्रसङ्ग स्मरण गर्दै भने, ‘जनताको विश्वास नै मेरो शक्ति हो। तीन वर्षदेखि सदनदेखि सडकसम्म म जनताको हकहितमा आवाज उठाउँदै आएको छु, भन्सारमा हुने भ्रष्टाचार, सरकारको मनोमानी कर आतङ्क, वैदेशिक रोजगारमा ठगी, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा लड्दै आएको छु।’
‘यो लडाइँ अझै पूरा भएको छैन। षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण