अमेरिकामा रहेका नेपालीले यसरी मनाए भाइटीका, न्यूयोर्कको पुलमा पनि टीका
सारांश
- अमेरिकामा बसोबास गर्ने नेपालीहरूले भाइटीका हर्षोल्लासका साथ मनाए।
- न्युयोर्कमा पहिलो पटक कलाकारहरूले चर्चित पुलमा भाइटीका लगाए।
- दाजुभाइले दक्षिणा दिँदा बालबालिकाहरू रमाए, र देउसी भैलो पनि खेलियो।
न्युयोर्क । नेपालीहरूको दोस्रो ठुलो चाड भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन्। सन् २०२५ (विसं २०८२) को यमपञ्चकको पाँचौँ दिन परेको भाइटीका यहाँ अक्टोबर २३, बिहीबारका दिन मनाइएको हो।

अधिकांश नेपाली समुदायले नेपालको शुभसाइत ११:३९ लाई नै आधार मानेर टीका लगाए पनि कामको तालिका र लामो दूरीका कारण कतिपयले साँझदेखि रातिसम्म पनि टीका लगाएका छन्। अमेरिकामा जन्मिएका किशोरकिशोरी र बालबालिकाहरूले यो पर्वमा निकै रमाइलो गरे, जहाँ दाजुभाइले खाम र खुला रूपमा डलर दिँदा उनीहरू दङ्ग परेका थिए।

यसै क्रममा, अमेरिकाको न्यूयोर्कमा पहिलो पटक कलाकार महादेव त्रिपाठी, अन्जु थापा र विश्वकीर्तिमानी दिनेश पार्करले न्यूयोर्कको चर्चित पुलमा नै भाइटीका लगाएका छन्।

अमेरिकामा रहेका दिदीबहिनी नहुने दाजुभाइमध्ये कोही नेपाल गएका छन् भने कोही नेपालबाट आएका दिदीबहिनीबाट टीका लगाएका छन्। पछिल्लो समय अमेरिकामा बसेका नेपालीहरूले कौडा खेल्ने र देउसी-भैलो खेल्दै त्यहाँ खोलिएका नेपाली पाठशालाका विद्यार्थीहरूलाई समेत प्रोत्साहन गर्ने गरेका छन्।

दिदीबहिनीहरूले परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली र सयपत्रीको माला लगाइदिएर ओखर, मरमसला र सेलरोटी दिएका थिए भने दाजुभाइले गच्छेअनुसार दक्षिणा दिई सम्मान प्रकट गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण