बेलायतपछि अमेरिकाको साङ्गीतिक यात्रामा गायक दुर्गेश थापा
सारांश
- गायक दुर्गेश थापा हाल अमेरिकाको साङ्गीतिक यात्रामा छन्, जहाँ उनले तिहारको अवसरमा ११ सहरमा प्रस्तुति दिनेछन्।
- उनको साङ्गीतिक करियरलाई 'दुस्मन हेरेको हेर्यै...' गीतले नयाँ मोड दियो, जुन युट्युबमा १३ करोडभन्दा बढी पटक हेरियो।
- थापाले जेनजी आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग गरे र आफू युवाहरूको पक्षमा रहने बताए।
न्युयोर्क । दसैँअघि साङ्गीतिक प्रस्तुति दिन बेलायत पुगेका गायक तथा स्टेज पर्फमर दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा छन्। तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले त्यहाँका ११ सहरमा प्रस्तुति दिनेछन्।
गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरु भएको उनको यात्रा नोभेम्बर २२ मा डालासमा पुगेर टुङ्गिनेछ।
"म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहेका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ," थापाले भने। यो उनको पहिलो अमेरिका यात्रा हो। डेढ महिने यात्राका क्रममा उनले न्यूयोर्क, बाल्टीमोर, कोलम्बस लगायतका सहरमा प्रस्तुति दिनेछन्।
- 'दुस्मन हेरेको हेर्यै...' ले दियो करियरमा नयाँ मोड
थापाको साङ्गीतिक करियरलाई गत पुसमा सार्वजनिक भएको गीत 'दुस्मन हेरेको हेर्यै...' को सफलताले नयाँ मोड दिएको छ। यो गीतलाई युट्युबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको/सुनिएको छ र यो ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। थापाले यो गीतलाई आफ्नो ब्राण्ड गीत जस्तो बनेको बताएका छन्।
उनले आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानसँग मिलेर गाएको यो गीतमा उनकै शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ। उनको पछिल्लो गीत 'जाने भए जाम माया...' पनि चर्चित छ। उनी अमेरिकापछि क्यानाडा र युरोपको साङ्गीतिक यात्रामा जाने तयारीमा छन्।
विगतमा डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका र अभिनय हुँदै गायनतिर डोरिएका थापाले हालैको जेनजी आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेका थिए। उनले काठमाडौँका अस्पताल पुगेर घाइतेहरूलाई भेटेका थिए र 'जेनजी' युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको बताएका छन्। उनी सधैँ 'जेनजी' युवाहरूको पक्षमा रहने बताउँछन्।
विसं २०६३ तिर बागलुङको गलकोटबाट मोडल बन्ने सपना बोकेर काठमाडौँ छिरेका थापालाई अग्रज कलाकार बसन्त थापाले कला क्षेत्रमा डोर्याएका थिए। उनले आफूलाई गायकभन्दा बढी स्टेज पर्फमरका रूपमा चिनाउन चाहन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण