संगीतकार सचिन सांघवी यौन शोषणको आरोपमा पक्राउ
सारांश
- बलिउड गायक तथा संगीतकार सचिन सांघवी यौन शोषणको आरोपमा पक्राउ परेका छन्।
- १९ वर्षीया युवतीले विवाहको प्रलोभन देखाएर यौन शोषण गरेको आरोप लगाएकी छिन्।
- संगीतकारका वकिलले आरोप अस्वीकार गर्दै मुद्धाको कुनै आधार नरहेको बताए।
मुम्बई । बलिउड गायक तथा संगीतकार सचिन सांघवीलाई यौन शोषणको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १९ वर्षीया एक युवतीले उनलाई संगीत एल्बममा मौका दिने र विवाह गर्ने वाचा गरेर यौन शोषण गरेको गम्भीर आरोप लगाएकी छिन्।
पीडित युवतीले आफ्नो उजुरीमा आफू सन् २०२४ फेब्रुअरीमा सचिनको सम्पर्कमा आएको र उनले इन्स्टाग्राममा सन्देश पठाएको बताएकी छिन्। कुराकानी बढ्दै गएपछि सचिनले उनलाई आफ्नो स्टुडियोमा बोलाएका थिए, जहाँ उनले विवाहको प्रस्ताव राखेको र विभिन्न अवसरमा यौन शोषण गरेको आरोप युवतीको छ।
यद्यपि, संगीतकारका वकिल आदित्य मिठेले यी आरोपहरूको खण्डन गरेका छन्। हिन्दुस्तान टाइम्सको खबरअनुसार मिठेले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘मेरो क्लाइन्टविरुद्ध एफआईआरमा लगाइएका आरोपहरू पूर्ण रूपमा निराधार छन्। यो मामिलामा कुनै दम छैन। मेरो क्लाइन्टलाई प्रहरीले हिरासतमा राख्नु गैरकानूनी थियो, त्यसैले उनलाई तत्काल जमानतमा रिहा गरियो।’
यस विषयमा सचिनले अहिलेसम्म कुनै बयान दिएका छैनन्। उनको आधिकारिक इन्स्टाग्राम खाता निष्क्रिय छ। उनका संगीतकार पार्टनर जिगरले पनि अहिलेसम्म कुनै बयान जारी गरेका छैनन्।
सचिन-जिगरको जोडी बलिउडको प्रसिद्ध संगीतकार जोडीमध्ये एक हो। उनीहरूले सँगै मिलेर धेरै सुपरहिट गीतहरू दिएका छन्। हालै रिलिज भएको फिल्म ‘थामा’ मा पनि यो जोडीले संगीत दिएको थियो। गत वर्ष 'स्त्री-२' को लागि उनीहरूको गीत ‘आज की रात’ निकै हिट भएको थियो।
सन् २००९ मा आफ्नो करियर सुरु गरेको यो जोडीले ६० भन्दा बढी हिन्दी फिल्मका लागि संगीत दिएको छ। यीमध्ये 'फालतू', 'शोर इन द सिटी', 'ओह माई गड', 'एबीसीडी', 'शुद्ध देसी रोमान्स', 'बदलापुर', 'हिन्दी मीडियम', 'राब्ता', 'स्त्री', 'भेड़िया', 'मुञ्ज्या' जस्ता फिल्महरू समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण