जात्रा हेर्न गएका युवक मृत फेला
सारांश
- सुर्खेतको चौकुने गाउँपालिकाका २० वर्षीय भुवन धमला कार्तिक ३ गतेदेखि बेपत्ता भएर मृत फेला परे।
- उनी भुवा जात्रा हेर्न गएका थिए र तामाधारा खोलाको ताताथाई क्षेत्रमा उनको शव फेला परेको थियो।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने गाउँपालिका अध्यक्षले दोषीलाई कारबाहीको माग गरेका छन्।
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत भेटिएका छन्। कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।
भुवन चौकुनेकै वडा नम्बर १० मा पर्ने घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए। रातिको समयमा लाग्ने उक्त जात्रामा गएका उनी भोलिपल्ट घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।
शुक्रबार उनको शव तामाधारा खोलाको ताताथाई क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाको प्रकृति रहस्यमय देखिएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए।
यसैबिच, चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले घटनालाई लिएर दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण