शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
प्रदर्शनमा राेक

अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई धमाधम पक्राउ गर्दै प्रहरी, तस्बिरहरू

नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ पुग्यो
शनिबार, ०८ कात्तिक २०८२, १२ : २०
शनिबार, ०८ कात्तिक २०८२

काठमाडौँ । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।

protester arrest (2)

यसअघि, माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

protester arrest (4)

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ जना पुगेको छ । उनले भने, ‘प्रशासनको अनुमति बिना कार्यक्रम गर्न नदिने भनिएको थियो तर, माइतीघरमा उपस्थित भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ । फेरि एउटा समूह पहिलेदेखि नै बसेको थियो, त्यहाँ मनमुटाब हुने अवस्था बनेपछि यो कदम चालिएको हो।’

protester arrest (3)protester arrest (5)protester arrest (6)protester arrest (7)protester arrest (8)protester arrest (9)protester arrest (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप