सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

शनिबार, ०८ कात्तिक २०८२, १३ : ०१
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • भक्तपुरको जगातीबाट प्रहरीले चोरी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २९ वर्षीय सुमन दर्जी रहेका छन्।
  • अदालतले उनलाई १ महिना १५ दिन कैद र १५ सय जरिवानाको फैसला गरेको थियो।

काठमाडौँ । प्रहरीले भक्तपुरको जगातीबाट चोरी मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घर भएका २९ वर्षीय सुमन दर्जी छन् ।

उनी भक्तपुरको सुर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा बस्दै आएका थिए । शुक्रबार उनलाई जगाती चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

शुक्रबार पक्राउ परेका उनलाई प्रहरी वृत्त जगातीमा राखिएको छ ।  अदालतले उनलाई १ महिना १५ दिन कैद र १५ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप