आदिनाथको मन्दिरमा मेला भर्न दुई लाख भक्तजन सहभागी
सारांश
- आदिनाथ मन्दिरमा एक महिनासम्म चलेको मेलामा दुई लाख भक्तजनको सहभागिता रह्यो।
- मेलामा शिव र पार्वतीको संयुक्त मूर्ति रहेको र यसलाई हिन्दू र बौद्ध धर्मावलम्बीले पूजा गर्छन्।
- भक्तजनहरूले रोग निको हुने, सुख र समृद्धि प्राप्त हुने विश्वासका साथ पूजाआजा गरेका थिए।
काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले सहभागिता जनाएका छन् । आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको उक्त मेलामा मन्दिरमा दर्शनका लागि काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट भक्तजन सहभागी भएका हुन् । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएकाले आदिनाथ भनिन्छ ।
हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका प्रतिकका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतिकका रुपमा पूजाआजा गर्ने चलन छ ।
दुवै धर्मका भक्तजनको सम्बन्ध पाइने उक्त मन्दिरलाई अर्धनारेश्वरसमेत भनिन्छ । यो एक महिनाको अवधिमा मन्दिरमा दर्शन गर्दा रोगव्याधी तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ । भय, रोग र विघ्नबाट मुक्त भई परिवारमा सुख तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
सोही अवधिमा लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ । मन्दिरमा दर्शन तथा पूजाआजा गरेमा आर्थिक समृद्धि प्राप्त हुने विश्वासका साथ भक्तजनले दर्शन गरेको पूजारी सरोज शाक्यले जानकारी दिनुभयो । भक्तजनले विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा गर्ने प्रचलन छ ।
लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको ऐतिहासिक र पुरातात्विक महत्वको मन्दिरमा विभिन्न भाँडाकुँडा तथा गरगहना चढाउने गरेको पाइन्छ । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त स्थलबाट विभिन्न हिमशङ्खला तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण