रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
बुटवल । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन महसुल विवादमा रहेका रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटेको छ। बुटवल–भैरहवा औद्योगिक करिडोरका ती उद्योगमा शुक्रवार साँझदेखि विद्युत् आपूर्ति काटिएपछि उत्पादन ठप्प भएको उद्योगीहरूले जनाएका छन्।
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयन्का फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटेको उद्योगीहरूको दाबी छ।
एसआर उद्योगका सञ्चालक सुमन भुसालले रातोपाटीसँग कुरा गर्दै आफूहरूले ट्रंकलाइन माग गरे पनि प्रयोग नगरेको अवस्थामा 'जबरजस्ती' लाइन काटिएको बताए। उनले निजी क्षेत्रलाई तहसनहस बनाउने उद्देश्यले यस्तो काम भएको आरोप लगाएका छन्।
उद्योगीहरूले ट्रंकलाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै माग र प्रयोग नै नगरेको, प्राधिकरणसँग कुनै सहमति वा सम्झौता पनि नभएकोले बक्यौता बुझाउन नसक्ने अडान राखेका छन्। उनीहरूको भनाइ छ, चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा ४ वर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउँदा आफूहरू अन्यायमा परेका छन्।
उद्योगीहरूले न्यायको लागि बक्यौता पुनरावलोकन समितिमा निवेदन दिएका थिए। तर, असोजमा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सो समिति बदर गरिदिएको थियो। समिति बदर भएपछि न्यायको ढोका बन्द भएको भन्दै उद्योगीहरूले ट्रंकलाइन महसुल तिर्न नसक्ने र बरु उद्योग बन्द गर्ने जानकारीसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएका थिए।
उद्योगी भुसालले आफूहरू न्यायका लागि प्रधानमन्त्रीकहाँ जाँदा 'अन्यायमा पर्नु भयो' भन्नुहुन्छ, तर 'प्रयोग नगरेको विद्युत्को पैसा नदिनुहोस्' भन्नुहुन्न भन्दै आक्रोश व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण