संसद् भवनको काम समयमै नसकिए जरिवाना तिराउने मन्त्री घिसिङको चेतावनी
सारांश
- मन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद् भवन तोकिएको समयमा नसकिए हर्जाना तिराउने चेतावनी दिए।
- २०७६ मा सुरु भएको भवन निर्माणको काम पाँचौँ पटक म्याद थप गरी २०८२ पुस १६ गतेसम्म पुर्याइएको छ।
- मन्त्री घिसिङले दुई सिफ्टमा काम गरेर भए पनि तोकिएको समयमै काम सक्न निर्देशन दिए।
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन सङ्घीय संसद् भवनको काम अन्तिम पटक थप गरिएको म्यादभित्र सम्पन्न नभए निर्माण कम्पनीलाई हर्जाना तिराउने चेतावनी दिएका छन्।
शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले पाँचौँ पटक थप गरिएको २०८२ पुस १६ गतेभित्र निर्माणको काम पूरा नभए कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने बताएका हुन्।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ।
मन्त्री घिसिङले दैनिक कार्यतालिका बनाएर संसद् भवनको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले राष्ट्रिय सभा र आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक नयाँ भवनबाटै सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले काम छिटो सक्न आवश्यक रहेको बताए। उनले अहिलेको अवस्थामा पुस १६ गतेभित्र काम सम्पन्न हुने नदेखिएकाले दुई सिफ्टमा काम गरेर भए पनि सक्न सुझाव दिए।
सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ। जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित पुरानो संसद् भवन ध्वस्त भएपछि सरकारले नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण