सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित
सारांश
- कैलालीमा 'जेनजी' प्रदर्शनका क्रममा प्रदेशसभा भवनमा क्षति पुगेपछि बैठक सञ्चालन हुन सकेको छैन।
- क्षतिग्रस्त संरचना मर्मत तथा व्यवस्थापनको काम सुरु नहुँदा बैठक अनिश्चित बनेको छ, जसले गर्दा करिब १२ करोडको भौतिक क्षति भएको छ।
- प्रदेशसभा बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप लगायतका सामग्री जलेर नष्ट भएपछि मर्मतका लागि ५० लाख खर्च लाग्ने अनुमान छ।
कैलाली । गत भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुनसकेको छैन । क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन ।
प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।
सभामुख भीमबहादुर भण्डारीले संरचना मर्मत र आवश्यक सामग्री व्यवस्थापनका लागि छलफल भइरहेको बताए ।
प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण समान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने उनको भनाइ छ ।
प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको छ । सचिवालयका अनुसार प्रदेशसभाका ६ वटा चारपाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । करिब रु १२ करोडको भौतिक क्षति भएको छ ।
सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनका लागि स्रोतको समस्या रहेको बताए । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।
गत भदौ ५ मा प्रदेशसभा बैठक बसेको थियो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेशसभामा हाल चारवटा विधेयक विचाराधीन छन् । प्रदेशसभाको अधिवेशन अन्त्य भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण