क्यानडाली विज्ञापनमा रिसाए ट्रम्प, थपे १० प्रतिशत ट्यारिफ
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्।
- ओन्टारियो प्रान्तको विज्ञापनमा अमेरिकाको आलोचना भएपछि ट्रम्प रिसाएका थिए।
- ट्रम्पले क्यानडाका प्रधानमन्त्रीसँग भेट्ने योजना नरहेको बताएका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ओन्टारियो प्रान्तले प्रसारण गरेको एउटा विज्ञापनमा अमेरिकामाथि गरिएको आलोचनाप्रति ट्रम्प रिसाएपछि उनले यस्तो कदम चालेका हुन् ।
उक्त विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ उद्धृत गरी अमेरिकाको शुल्क नीति आलोचना गरिएको थियो । उक्त विज्ञापन शुक्रबार वर्ल्ड सिरिजको शुक्रबार प्रसारण भएको थियो ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मा लेख्दै भने, ‘उनीहरूले विज्ञापन तत्काल हटाउने भनिएको थियो, तर वर्ल्ड सिरिजमा जानाजान चलाए, जुन पूर्ण रूपमा धोका थियो।’
ट्रम्पले उक्त कदमलाई ‘वैमनस्यपूर्ण कार्य’ भन्दै हालको शुल्कमा थप १० प्रतिशत बढाउने चेतावनी दिएका छन् ।
ट्रम्प अहिले एसिया भ्रमणमा छन् जहाँ मलेसियामा हुने आसियान सम्मेलनमा सहभागी हुनेछन् । तर उनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट्ने कुनै योजना नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण