शैक्षिक सञ्जालको दोस्रो शैक्षिक सम्मेलनमा दुई जना सम्मानित
रौतहट । रौतहटको कटहरिया नगरपालिका १ भसेढ्वा शैक्षिक सञ्जालको आयोजनामा दोस्रो भसेढ्वा शैक्षिक सम्मेलन २०८२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य अवकास प्राप्त शिक्षक लक्ष्मी नारायण यादवले गरेका थिए भने कार्यक्रमको अध्यक्षता शिक्षक प्रमोद प्रसाद यादवले गरेका थिए।
सो अवसरमा शिक्षण सेवाबाट निवृत्त भएका दुई जना वरिष्ठ शिक्षक — मोहनारायण प्रसाद यादव र जियालाल दासलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सञ्जालले शिक्षण क्षेत्रप्रतिको दीर्घ योगदानको कदरस्वरूप वार्षिक रूपमा शिक्षक सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
भसेढ्वा शैक्षिक सञ्जालले गत वर्ष (२०८१ साल) कार्तिक महिनादेखि यो सम्मेलन आयोजना गर्दै आएको हो, र यस वर्ष दोस्रो संस्करण सम्पन्न भएको हो।
कार्यक्रम सञ्चालनमा प्रमुख भूमिका निर्वाह गर्नेहरूमा योगेन्द्र प्रसाद कुशवाहा, प्रमोद प्रसाद यादव, देवीलाल प्रसाद साह, रामाधार प्रसाद यादव, कपिलदेव प्रसाद यादव, चन्द्रकिशोर प्रसाद यादव, चन्द्रिका दास र गृसनन्दन प्रसाद पोरश रहेका थिए।
गाउँका बुद्धिजीवी वर्गबाट कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्दै समाजसेवी हीरालाल प्रसाद यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमले स्थानीय स्तरमा शिक्षाको गुणस्तर वृद्धि, सम्मान संस्कृतिको प्रवर्द्धन र सामुदायिक एकता सुदृढ गर्न योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण