बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भैरहवामा एयर एसियाको पुनः उडान सुरु

आइतबार, ०९ कात्तिक २०८२, १३ : ५२
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • थाई एयर एसियाले भैरहवामा पुनः उडान सुरु गरेको छ, जुन चैतबाट रोकिएको थियो।
  • आइतबार र बुधबार गरी हप्तामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान हुनेछ।
  • पहिलो उडानमा १७ यात्रु आएका थिए भने फर्कंदा १६७ यात्रु जाने तयारी छ।

बुटवल । थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु  गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो।  

थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले रातोपाटीलाई  जानकारी दिए । 

आज १७  जना यात्रु लिएको आएको विमानले जाँदा १६७  यात्रु लिएर जाने तयारी गरेको उनले बताए ।  आज लामो समयपछि फस्ट उडान भएका कारण आउँदा थोरै यात्रु आए पनि जाँदा धेरै भएको उनले बताए ।

थाइल्यान्डको बैंककबाट भैरहवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुल्ला गरेको थियो।  उडानका लागि टिकट बिक्री पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप