विषयवस्तु राम्रो भएकोले ‘परान’ मा जोडिएँ : अञ्जना बराइली
सारांश
- अभिनेत्री अञ्जना बराइली फिल्म 'परान' प्रति उत्साहित छिन्, जुन कात्तिक १४ गते प्रदर्शन हुँदैछ।
- 'परान' बुबा र छोराबिचको भावनात्मक सम्बन्धमा आधारित पारिवारिक कथा हो, जसमा अञ्जनाको भूमिका महत्त्वपूर्ण छ।
- अञ्जनाले फिल्ममा आफ्नो 'रूपा' नामक पात्र यादगार हुने बताइन्, र प्रचार प्रसारमा व्यस्त छिन्।
काठमाडौँ । अभिनेत्री अञ्जना बराइली आगामी शुक्रबार (कात्तिक १४ गते) देखि प्रदर्शनमा आउने फिल्म ‘परान’ लाई लिएर उत्साहित छिन् । ‘महापुरुष’ बाट अभिनयमा डेब्यु गरेकी उनले ‘पुजार सार्की’, ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल फिल्ममा काम गरिसकेकी छन् ।
उनी ‘परान’ ले दर्शकलाई निराश नपार्ने दाबी गर्छिन् र यसको विषयवस्तु राम्रो भएको बताउँछिन् । अञ्जना भन्छिन्– ‘म यसमा जोडिनुको एउटै कारण विषय हो । यो मैले खोजी खोजी हेर्ने फिल्मभित्र पर्छ ।’ उनले फिल्मको काम पनि सन्तोषजनक भएको बताएकी छन् ।
फिल्म बुबा र छोराबिचको भावनात्मक सम्बन्धमा आधारित रहेको अञ्जनाले जानकारी दिइन् । पारिवारिक कथावस्तु मन पराउने दर्शकका लागि यो उपयुक्त हुने र सबै उमेर समूहका दर्शकको अपेक्षा पूरा गर्ने उनको धारणा छ ।
फिल्ममा आफ्नो भूमिकाबारे बोल्दै अञ्जनाले भनिन्– ‘म अलिक मिजासिलो पात्रमा छु । विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ ।’ उनले आफ्नो ‘रूपा’ नामक पात्र एकदमै यादगार र सम्झनायोग्य हुने बताएकी छन् ।
अञ्जनाका अनुसार फिल्मको पात्रमा नीर शाहपछि आफ्नो भूमिका महत्त्वपूर्ण छ । प्रदर्शन मिति नजिकिएसँगै उनी फिल्मको प्रचार प्रसारमा व्यस्त छिन् । दीपक आचार्य काकुको निर्देशन रहेको फिल्म गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा निर्माण भएको हो ।
फिल्ममा अञ्जनासँगै नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण