छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने
सारांश
- बागमती सुधार आयोजनाले छठ पर्वका लागि धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ।
- नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन पानी छाडिनेछ।
- दुई दिनसम्म प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्दा नदीमा घुँडासम्म पानी आउनेछ।
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ ।
उपआयोजना निर्देशक तथा समितिका सूचना अधिकृत उद्धव नेपालका अनुसार आजदेखि ड्यामको पानी नदीमा छोडिनेछ । ‘धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसैले
आजैदेखि पानी छाड्ने तयारी छ, विशेष दिनमा ड्यामको पानी बागमती नदीमा छाडिँदै आइएको छ’, उनले भने । उनका अनुसार बागमती नदीमा दुई दिनसम्म प्रतिसेकेण्ड चार सय लिटर पानी छोडिनेछ ।
‘यसरी पानी छोड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ’, नेपालले भने । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले छठको अवसरमा बागमती नदीमा पानी छोड्नका लागि माग नआएकाले नदीको पानीको बहाब बढाउन पानी नछोड्ने बताए ।
छठ पूजा विशेष गरी तराई क्षेत्रबासीहरुको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । यस पर्वमा महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण