बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष साहको निधन

आइतबार, ०९ कात्तिक २०८२, २१ : २३
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • सुखीपुर नगरपालिका-६ का वडाध्यक्ष रामेश्वर साहको क्यान्सर रोगका कारण निधन भयो।
  • ५० वर्षीय साहको निधन शनिबार राति आफ्नै निवासमा भएको थियो, र उनी चितवनमा उपचारपछि घर फर्केका थिए।
  • साह स्थानीय तहको दुवै निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए, र उनको परिवारमा श्रीमती र दुई छोरी छन्।

सिराहा । सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।

नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो । 

साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप