अब तरुण दल चुप लागेर बस्दैन, आन्दोलनमा जान्छः विद्वान गुरुङ
सारांश
- नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।
- अध्यक्ष विद्वान गुरुङले अस्तित्व रक्षाका लागि सडक संघर्षमा जाने बताए।
- उनले कांग्रेसका कार्यकर्तालाई झोलेको रुपमा चित्रण गरेकोमा आक्रोश व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसमा आवद्ध युवाहरुको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सोमवार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो । अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरुको अस्तित्व रक्षाका लागि पनि आफूहरुले अब चुप लागेर बस्ने अवस्था नभएको बताए । उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरुले आफूहरुको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरुले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण