‘जारी २’ काे ट्रेलर सार्वजनिक
सोमबार, १० कात्तिक २०८२, १७ : ३६
काठमाडौँ । यही कात्तिक २१ गते रिलिज हुने चलचित्र ‘जारी : २ सङ् अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ ।
छठ पर्वको अवसर पारेर सोमबार सार्वजनिक ट्रेलरले श्रीमान्–श्रीमतीको झगडाले निम्त्याउने पारिवारिक जटिलतालाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान च्याब्रुङको महत्त्व पनि झल्काइएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य अभिनय छ । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको समेत अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण