बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीको भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

मङ्गलबार, ११ कात्तिक २०८२, ०९ : २६
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • बैतडीको सुर्नया गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ।
  • गर्भवती महिलाका लागि यो सेवा निःशुल्क हुनेछ र यसले आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी दिनेछ।
  • गाउँपालिकाले मातृ र शिशु मृत्युदर घटाउन अभियान चलाइरहेको छ, जसले जटिलता पहिचान गर्न मद्दत गर्नेछ।

बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको  छ ।   गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो । 

स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेकी छिन् । यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवतीको अल्ट्रासाउण्ड हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ ।

स्वास्थ्य शिविरमार्फत गर्भवतीलाई  अल्ट्रासाउण्ड मार्फत् सेवा  गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताइन् । अल्ट्रासाउण्ड मार्फत  नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी  हुनेछ । 

उनले भनिन्, “गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान सञ्चालन गरिरहेका छौँ । साथै गर्भावस्थामा कुनै जटिलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र शिशु दुवैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप