जमैका पुग्दै यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’
सारांश
- यस वर्षकै शक्तिशाली आँधी मेलिसा जमैका आइपुगेको छ, जसका कारण तीन जनाको ज्यान गएको छ।
- आँधीको गति १७५ माइल प्रतिघण्टा रहेको छ र यसले हाइटी र डोमिनिकन रिपब्लिकमा पनि क्षति पुर्याएको छ।
- मौसमविद्हरूले विनाशकारी अवस्थाको चेतावनी दिँदै बाढी र पहिरोको जोखिम रहेको बताएका छन्।
जमैका। क्यारिबियन टापु जमैका यस वर्षको संसारकै सबभन्दा शक्तिशाली आँधी र सम्भवतः टापुको इतिहासकै सबभन्दा बलियो आँधीको चपेटामा परेको छ। अमेरिकी मौसमविद्हरूले यहाँ ‘विनाशकारी र जीवन खतरामा पार्ने’ अवस्थाको चेतावनी दिएका छन्।
आँधीका कारण जमैकामा पहिले नै तीन जनाको ज्यान गइसकेको छ। यसबाहेक हाइटी र डोमिनिकन रिपब्लिकमा पनि चार जनाको मृत्यु भएको बताइएको छ।
१७५ माइल प्रतिघण्टा (२८२ किलोमिटर प्रतिघण्टा) सम्मको वेग भएको चक्रवात मेलिसा अधिकतम शक्ति पाँचौँ श्रेणीको आँधी हो। यो आँधी अझ तीव्र भइरहेको र मंगलबार बिहानै क्यारिबियन टापुमा जमिनमा ठोक्किने अनुमान छ।
अमेरिकी राष्ट्रिय चक्रवात केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांकअनुसार अधिकतम हावाको गति र कम केन्द्रीय दबाबका हिसाबले मेलिसा यस वर्षको संसारकै सबभन्दा बलियो आँधी हो। सीबीएसले जनाएअनुसार, यसको हालको शक्तिले सन् १८५१ मा अभिलेख राख्न थालेयता जमैकालाई प्रभावित पार्ने सबभन्दा शक्तिशाली आँधी बन्नेछ।
विशेषज्ञहरूले मेलिसाको सुस्त गतिका कारण केही क्षेत्रहरूमा लामो समयसम्म अत्यधिक वर्षा हुन सक्ने र यसले भयंकर बाढी तथा पहिरोको जोखिम बढाउने चेतावनी दिएका छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण