२०२५ पीएमएसएल : ६ टोली ग्लोबल च्याम्पियनसिपका लागि छनोट, नेपाली टोलीको उत्साहजनक प्रदर्शन
सारांश
- यूएईको अबुधाबीमा सम्पन्न पीएमएसएलबाट ६ टोली २०२५ पीएमजीसीका लागि छनोट भए।
- भर्चस.प्रो, अल्फा गेमिङ र म्याड बुल्स पीएमजीसी गन्टलेट स्टेजमा पुगे।
- नेपालबाट होरा इ-स्पोर्ट्स र फोर योनको रोयल जुत्तीले अन्तिम चरणसम्म प्रतिस्पर्धा गरे।
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन (पीएमएसएल) बाट ६ वटा टोली प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) का लागि छनोट भएका छन्।
भर्चस.प्रो, अल्फा गेमिङ र म्याड बुल्स ले उत्कृष्ट वरीयताको आधारमा पीएमजीसी गन्टलेट स्टेजमा स्थान सुरक्षित गरे। यस्तै, आर्क्रेड, इनर सर्कल र गोट ले पीएमजीसी रेटिङ प्वाइन्ट्सका आधारमा पीएमजीसी ग्रुप स्टेजमा आफ्नो स्थान पक्का गरेका छन्।
नेपालबाट होरा इ–स्पोर्ट्स, फोर योनको रोयल जुत्ती र नेपेक्स इ–स्पोर्ट्स ले प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए। होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुवै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरेर नेपाली इ–स्पोर्ट्सको बढ्दो क्षमता देखाए।
नेपाली टोलीहरूमध्ये होरा इ–स्पोर्ट्सले अमेरिकी डलर ११,७५०, फोर योनको रोयल जुत्तीले ४,७५० र नेपेक्स इ–स्पोर्ट्सले १,७५० नगद पुरस्कार प्राप्त गरे।
पब्जी मोबाइल साउथ एशिया पब्लिसिङ लिड इसाकले नेपाली टोलीको प्रदर्शनप्रति गर्व गर्दै आगामी दिनमा 'ट्रेनिङ ग्राउन्ड्स', 'नेपाल सिरिज' जस्ता ग्रासरुट इभेन्ट्समार्फत ग्लोबल स्तरमा प्रतिस्पर्धा गर्न सक्ने थप स्थानीय टोलीहरूको अपेक्षा राखेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण