बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महासचिव शंकर पोखरेलद्वारा तुलसीपुरका क्षतिग्रस्त संरचनाको अवलोकन

मङ्गलबार, ११ कात्तिक २०८२, १९ : १०
मङ्गलबार, ११ कात्तिक २०८२

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तुलसीपुरमा गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकन गरेका छन् । 

आन्दोलनपछि पहिलो पटक गृह जिल्ला आएका पोखरेलले मंगलबार दिउँसो तुलसीपुरका विभिन्न स्थानमा पुगेर क्षतिग्रस्त संरचनाहरूको अवस्थाबारे जानकारी लिए ।

महासचिव पोखरेलले अवलोकनका क्रममा तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर इजलास, जिल्ला प्रशासन कार्यालयको आसपासका क्षेत्र, कोमल रिसोर्ट, साथै नेपाली कांग्रेसका नेताहरू गेहेन्द्र गिरि र डिल्ली चौधरीका घरलगायतका संरचनाहरूमा पुगेका थिए ।

भदौ २३ र २४ गते तुलसीपुरमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिका कारण सरकारी सम्पत्तिसहित निजी घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा ठुलो क्षति पुगेको थियो। सोही घटनापछि पहिलोपटक जिल्ला पुगेका पोखरेलले क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै घटनाप्रति दुःख व्यक्त गरे ।

अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नु दुःखद भएको बताए । 

उनले भने,“लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि जनाउने अधिकार सबैलाई छ, तर त्यो शान्तिपूर्ण र जिम्मेवार ढङ्गले हुनुपर्छ। सार्वजनिक सम्पत्ति तोडफोड गरेर जनताको नै धन र अधिकारमाथि प्रहार गर्नु लोकतन्त्रको भावना विपरीत हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप