बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रेम विवाह गरेर किशाेरकिशाेरी भागेपछि चक्काजाम

मङ्गलबार, ११ कात्तिक २०८२, २० : ३२
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ ।  प्रेम विवाह गरेर भागेका जोडीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने मागसहित मंगलबार बिहान हरिवनस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । 

किशोरी पक्षका अभिभावक लगायतले मंगलबार बिहान आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । यद्यपि प्रहरीले सम्झाइबुझाइ गरेपछि अवरुद्ध राजमार्ग खुलेको थियो । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गत कात्तिक ४ गते हरिवन बजारस्थित अन्तरधार्मिक समुदायका किशोरकिशोरी प्रेम विवाह गरेर भागेका थिए । 

उनीहरूको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनीहरू भारत गएकाे हुन सक्ने प्रहरीकाे आशंका छ । किशोरको १९ तथा किशोरीको उमेर १८ वर्ष रहेकाले कानुनअनुसार बालविवाह भएकाले कानुनी कारबाही अगाडि बढाउन किशोरीका आफन्तले माग गरेका छन् । 

प्रहरीले भागेका जोडीलाई यथाशक्य खाेजेर आफन्तको जिम्मा लगाउने बताएकाे छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप